झापा, पुष ७ । झापा गाउँपालिकामा थप एकहजार पाँचसय छपन्न मिटर लामो कालोपत्रे सडक बन्ने भएको छ ।

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले एक कार्यक्रमकावीच आज सडकको शिलान्यास गरेकी हुन् ।
कालोपत्रे सडक वडा नं १ को सालमारादेखि रसुनगञ्ज ४०५ मिटर , वडा नं २ को झापा बजारदेखि उत्तर गणेशथान ४१५ मिटर , वडा नं ४ को हुलाकी सडकदेखि पेचकार बस्ती ४३३ मिटर र वडा नं ५ को रामजानकी मन्दिरदेखि दक्षिण वैशाखुको घरसम्म ३०३ मिटर लामो कालोपत्रे सडक बन्ने भएको वडा नं २ का वडाध्यक्ष हिमालकुमार चम्लागाईले बताए ।

जाम जाम निर्माण सेवा प्रालि. ले झापा गाउँपालिकासँग १ करोड २० लाख ३६ हजार पाँचसय छब्बीस रुपैयाँमा भ्याटसहित ठेक्का लिएको कम्पनीका प्रोप्राइटर नजरुल शेखले बताए । उनले झापा गाउँपालिकासँग २०८२ साल मंसिर ७ गते सम्झौता गरी २०८३ साल जेठ १५ गते निर्माण कार्य सम्पन्न गर्ने बताए ।

शिलान्यास कार्यक्रममा झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष थपलिया , निवर्तमान अध्यक्ष जयनारायण शाह ,वडा नं २ का अध्यक्ष चम्लागाई , वडा नं ७ का अध्यक्ष सखिचन्द्र ठाकुर , न्यायिक समिति सदस्य राजकुमार कोच, परिषद सदस्यहरु मोहन राजवंशी , वावरदेवी परियार लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्