झापा, पुष ८ । पञ्चकन्या ग्रुपद्वारा आयोजित वनभोज कार्यक्रममा प्लम्बरहरुले रमाइलो गरेका छन् ।

झापाको कन्काई नगरपालिकास्थित भुरुङ्गामा आयोजित वनभोज कार्यक्रममा १५० जना प्लम्बरहरुको उपस्थिति रहेको थियो ।
पञ्चकन्या ग्रुपद्वारा उत्पादित पिभिसि र सिपिभिसि पाईप तथा फिटिङ्स डिपार्टद्वारा आयोजित सो कार्यक्रम वनभोज मात्र नभएर कम्पनी प्रतिनिधि र प्लम्वरहरुबिच भेटघाट साथै अन्तर्क्रिया कार्यक्रम पनि रहेको थियो । कार्यक्रममा कम्पनीका तर्फबाट पूर्वका लागि मार्केटिङ मेनेजर नारायण पोख्रेल,मार्केटिङ सर्बु भण्डारी,अमन मण्डल,बिर्तामोड डिपो प्रमुख मोहन थापाको उपस्थिति रहेको थियो ।
त्यस्तै पञ्चकन्या पाईप एण्ड फिटिङ्सको आधिकारिक बिक्रेता श्रीज्योति ट्रेडिङका झलक खत्री,जेनिथ सप्लायर्सका तुलसी उप्रेती,ज्योति सप्लायर्सका पवन बिष्ट र सब डिलरको तर्फबाट जयमाता ट्रेडर्सका रमेश नेपालको उपस्थिति रहेको थियो ।

सो वनभोज कार्यक्रममा वनभोजको साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि भएको थियो ।नृत्य प्रतियोगिता र हण्डि फुटाउने प्रतियोगिता गरिएको थियो ।नृत्यमा मोहन राजवंशीले प्रथम हुँदै पुरस्कार प्राप्त गरे भने हण्डि फुटाउने प्रतियोगितामा सन्तोष अर्जेल प्रथम हुँदै रु २५०० प्राप्त गर्न सफल भए ।
कार्यक्रममा बोल्दै प्लम्बर हकहित संरक्षण कोषका संयोजक प्रेम आचार्यले सम्पूर्ण प्लम्बरहरुलाई प्लम्बर हकहित संरक्षण कोषमा आबद्ध हुन अनुरोध गरे । पञ्चकन्या ग्रुपले वनभोज कार्यक्रम गरेकोमा धन्यबाद दिँदै प्लम्बर अमर खुलाल( ज्ञानु बस्नेत) ले आफूहरुको हरेक सुखदुःखमा पञ्चकन्या रहेको र आगामी दिनमा पनि यस्तै कार्यक्रमको अपेक्षा रहेको बताए ।
कार्यक्रममा बोल्दै श्रीज्योति ट्रेडिङका झलक खत्रीले आफूहरु सँधै प्लम्बरहरुको साथमा रहेको र प्लम्बरहरुको हरेक दुःखमा साथ दिएको बताए । सो कार्यक्रममा श्रीज्योति ट्रेडिङका मार्केटिङ मेनेजर रामकुमार दाहालले ठेला मजदुर भेलु राजवंशीलाई सम्मान गरेका थिए ।



