झापा, पुष ९ । एनसीसी अल्मुनाई एशोसिएसन नेपालको आठौं तथा एनसीसी अल्मुनाई एशोसिएसन झापाको पहिलो बार्षिकोत्सव चारआली व्यारेकस्थित श्री अरिदमन गणमा भव्य कार्यक्रम गरी मनाइएको छ ।

कार्यक्रममा एनसीसी तालिम लिएका विद्यार्थीहरुले आफ्‌ना प्रतिभा देखाएका थिए । श्री नं. २१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनिकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा श्री अरिदमन गणका गणपति प्रमुख सेनानी सरोज थापा, अन्य सुरक्षा निकायका प्रमुखहरु, एनसीसी तालिम संचालन भएका सम्पूर्ण विद्यालयहरुका प्रधानाध्यापक, संस्थापकहरु तथा शिक्षकहरु, पत्रकार, स्थानीय समाजसेवी, एनसीसी अल्मुनाई एशोसिएसन झापाका अध्यक्ष रेजिना बन, एनसीसी अल्मुनाई एशोसिएसनमा आवद्ध विद्यार्थी तथा अभिभावकहरुसहित करिब २०० जनाको उपस्थिति रहेको थियो ।

नेपाली सेनाले झापा जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रत्येक बर्ष १५ जना छात्र र १५ जना छात्राहरुलाई समाबेश गरि सिनियर र जुनियर डिभिजन एनसीसी तालिम गराउँदै आइरहेको छ । तालिम पूरा गरिसकेका विद्यार्थीहरु एनसीसी अल्मुनाई एशोसिएसनमा आबद्ध हुन्छन् ।

विविध सांस्कृतिक प्रस्तुतीसहित संचालन भएको उक्त कार्यक्रममा एनसीसीमा आवद्ध विद्यालय, विद्यार्थी तथा स्थानीय समाजसेवीहरुलाई प्रमुख आतिथिबाट प्रशंसापत्र बितरण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्