झापा, पुष ११ । बिर्तामोड–३ स्थित सैनिकमोड क्षेत्रका होटलहरुमा यौन व्यवसाय हुने गरेको गुनासो आइरहेका बेला प्रहरीले त्यहाँको होटलबाट एकजना युवतीलाई पक्राउ गरेको छ ।

हिजो साँझ बिर्तामोड वडा न.३ सैनिकमोडमा रहेको आसाम होटल एण्ड लजबाट ती युवती पक्राउ परेकी हुन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा आसाम होटल एण्ड लजको कम्पाउण्डभित्र बिर्तामोड वडा न.७ बस्ने अन्दाजी १८ वर्षकी युवतीलाई शंकास्पद अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

उनलाई इप्रका बिर्तामोडमा राखिएको छ । ती युवतीका बारेमा आफन्तलाई जानकारी गराउने कार्य भइरहेको जनाइएको छ । आँखा उपचार गराउन आउने भारतीयहरुलाई लक्षित गरी सैनिकमोड क्षेत्रका होटलहरुमा यौन व्यवसाय संचालन हुने गरेको चर्चा चल्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्