झापा, पुष १२ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धारा काठमाण्डौबाट फरार भएका बिर्तामोड नगरपालिका वडा नं. ३ बस्ने ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ ।

भारतको हिमाञ्चल प्रदेशको एच एण्ड एफ ए पानी प्रशोधित कम्पनीमा काम गर्दा गर्दै दुई दिनअघि अचानक बेहोस भएर लडेका मियाँको उपचार क्रममा मृत्यु भएको आफन्तले बताएका छन् ।

जबरजस्ती करणी कसुरमा अदालतको फैसला बमोजिम बिगत ४ बर्षदेखि उनले कैद सजाय भोगिरहेका थिए । जेनजी आन्दोलन क्रममा उनी फरार भएका थिए । उनका आफन्तले शव भारतको गलगलिया हुँदै नेपालको भद्रपुर सीमा नाकाबाट घर ल्याएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्