बिर्तामोड ,पुष १२ । बिर्तामोड– ५ स्थित गौरवशाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष युवराज विमलीले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष चौधरीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। गौरवशाली साकोसले यस वर्ष ४ लाख १४ हजार ५८४ रुपैयाँ खुद नाफा कमाएको छ । यस वर्ष ६५ लाख ७ हजार ३ सय ९९ रूपैयाँ आम्दानी गरेको थियो ।गत वर्ष संस्थाले ६ लाख ५३० रुपैयाँ नाफा कमाएको थियो । संस्थाको शेयर सदस्य एक हजार ७ सय दुई जना, शेयर पूँजी ९२ लाख ३० हजार २ सय रूपैयाँ, निक्षेप ३ करोड ६२ लाख ९६ हजार ७ सय ७ रूपैयाँ , ऋण लगानी ३ करोड ८२ लाख ५९ हजार ४ सय ८५ रूपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समितिका संयोजक नथुनीप्रसाद शाहले प्रस्तुत गरेका थिए।
पत्रकार रेजिना गौतम, ज्येष्ठ सदस्य तेजनारायण चौधरी, उत्कृष्ट कर्मचारीतर्फ तारा दाहाललाई सम्मान गरिएको कार्यक्रममा उत्कृष्ट बचतकर्तातर्फ निकीकुमारी शाह, शम्भु शाह, विनिका चौधरी, कृष्णबहादुर राई, मालती चौधरी, असल ऋणीतर्फ भिम विश्वकर्मा, योगेन्द्र भुजेल, विवेक धिमाल,स्वेच्छा खड्कालाई सम्मान गरिएको थियो। त्यसैगरी बाल बचतकर्तातर्फ आयुस राजवंशी, क्यालिष्टा चौधरी, विनिसा राजवंशी, प्रियन्सा पौडेल,चेञ्जा राजवंशीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक पुष्पलाल चौधरी, सल्लाहकार सदस्य भोजराज सिटौला, कपिलमणी शिवाकोटी, सम्मानित पत्रकार रेजिना गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाकी सहसचिव रूपवती राजवंशीले गरेकी थिइन् ।



