झापा, पुष १५ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापाका ९ जना परेका छन् ।


एमालेको समानुपातिक सूचीमा धेरै नयाँ अनुहार परेका छन् भने केही दोहोरिएका छन् । झापाबाट मेनुका काफ्‌ले , अनिता कन्दङ्वा , निता घतानी , निर्मला पाठक , विद्यानन्द राजवंशी , सोम पोर्तेल , विनाकुमारी शाह , लता प्रसाई र जितु गौतम समानुपातिक उम्मेद्वारको सूचीमा परेका हुन् ।

एमालेले विगतका आम निर्वाचनमा समानुपातिकमा अवसर पाएकालाई अपवादबाहेक नदोहोर्‍याउने नीति लिएको थियो । तर यस पटक पनि वरिष्ठ नेता र पहिले अवसर पाइसकेकालाई समानुपातिकमा दोहोर्‍याएको हो । जिल्ला र प्रदेशबाट उम्मेदवार सिफारिस गर्दा यसअघि समानुपातिकमा रहेका व्यक्तिलाई सिफारिस नगर्न पार्टीले निर्देश गरे पनि त्यसलाई बेवास्ता गर्दै अध्यक्ष केपी शर्मा ओलीले अन्तिम सूची बनाएका छन्‌ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्