झापा, पुष १५ । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेद्वारको सूचीमा झापाबाट कोही पनि परेनन् ।

समानुपातिक उम्मेद्वार बन्नका लागि झापाबाट १४ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । भोटिङमार्फत गरिएको उम्मेद्वार छनोट प्रतिष्पर्धामा झापाका कोही पनि सफल हुन नसकेका हुन् ।

झापाबाट विवेक तामाङ , शरद जोशी , शान्तिमाया न्यौपाने , सीता विश्वकर्मा , मनोज राजवंशी , भुपाल भण्डारी , भीम लम्जेल , रोहित न्यौपाने , गीताप्रसाद अधिकारी , लोकेशकुमार माझी , कुन्दन मुर्मु , अनिता नेपाली , नारायणप्रसाद दाहाल र विन्दु सिटौलाले दर्ता गराएका थिए ।

त्यसमध्ये सीता विश्वकर्मा र विन्दु सिटौला ११० अंकसम्म पुगेको बताइएको छ । रवि लामिछाने , बालेन शाह र कुलमान घिसिङबीच समानुपातिक सिट बाँडफाँट हुँदा झापाका आकांक्षीलाई समेट्न नसकिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्