पथरी शनिश्चरे, पुष १७ । पथरी शनिश्चरे नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच सम्झौता भएको छ ।


साविकमा करदाता सेवा कार्यालय पथरीबाट हुँदै आएका सेवाहरू नेपाल सरकारको निर्णयबमोजिम स्थानीय तहबाटै प्रदान गर्ने सम्बन्धमा पथरी शनिश्चरे नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच आज सम्झौता भएको हो ।

सम्झौतापत्रमा नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा र आन्तरिक राजश्व कार्यालय दमकका तर्फबाट प्रमुख कर अधिकृत केशव रघुवंशीले हस्ताक्षर गरेका छन् । यस सम्झौतासँगै करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका सम्पूर्ण सेवाहरू अब चाँडै पथरी शनिश्चरे नगरपालिकाबाटै उपलब्ध हुने जनाइएको छ ।

नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाललगायतको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्