दमक १९ पुस । दमक उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल गुरागाई जितको नजिक पुगेका छन् ।


१९०० मतगणनाको मत परिणाम अनुसार अध्यक्षका उम्मेदवार गुरागाईंले ८३५ मत ल्याई जितको नजिक पुगेका हुन्।
उनका प्रतिस्पर्धी भरत चम्लागांईले ५५४ मत ल्याएर पछ्याइरहेका छन् । अध्यक्षमा २८१ मतान्तर छ।

जम्मा खसेको मत २०३८ हो। बाँकी रहेको मत गणना गर्दा समेत संयुक्त प्यानलका गुरागाईं लगभग विजयी हुने देखिएको छ । संघमा गुरागाईको यो दोस्रो कार्यकाल हो। यस्तै अध्यक्षका अर्का उम्मेदवार राजु खड्काले ४८४ मत ल्यााएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्