झापा, पुष १९ । लायन्स क्लब अफ बिर्तामोड सिटीको आयोजनामा बिर्तामोड ४ स्थित तारा नमस्ते बालगृहका बालबालिकाहरुलाई मिठाई र खाना खुवाउने कार्य सम्पन्न भएको छ ।

लायन्स इन्टरनेशनल प्रेसिडेन्टको अभियान अनुसार Hunger Relief program जनवरी ३ देखि ११ जनवरीसम्म संचालन हुँदैछ । सोही अभियानअन्तर्गत लायन्स क्लब अफ बिर्तामोड सिटीले बाल आश्रममा आश्रित बालबालिकाहरुलाई भोजन ग्रहण गराएको हो ।
लायन्स क्लब अफ बिर्तामोड सिटीका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा प्रो–लायन सत्यनारायण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मार्केटिङ चिफ तथा संस्थापक अध्यक्ष निरज ओली,डिस्ट्रिक चिफ शैलेन्द्र कुरुम्बाङ , रिजन चियर पर्सन शर्मिला जोशी ,पूर्व अध्यक्ष घनश्याम चौधरी ,तारा नमस्ते बालगृहका ब्यबस्थापक यशोदा पोखरेलको आतिथ्यता रहेको थियो ।

त्यस्तै क्लबका फस्ट भाइस प्रेसिडेन्ट सन्जय चौधरी ,कोषाध्यक्ष शंकर भगत ,सहकोषाध्यक्ष मनोज रौनियार, प्रो मनोज चौधरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन क्लबका सचिव दिपक साफीले गरेका थिए ।



