झापा, पुष १९ । बिर्तामोड ५ स्थित गौरवशाली बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा पुनः लवकुमार चौधरी चयन भएका छन् ।

संस्थाको सोह्रौ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । जसको उपाध्यक्षमा दमन्ता पोखरेल दाहाल , सचिव रुपवती राजवंशी (रुपा) र कोषाध्यक्षमा झलकसिंह राजवंशी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा विष्णुकुमार चौधरी , पशुपति राजवंशी , अन्जु तिम्सिना , रमेश चौधरी र धिरेन विश्वकर्मा रहेका छन् । त्यस्तै नथुनीप्रसाद शाह संयोजक तथा पूर्णप्रसाद काफ्ले र महादेव चौधरी सदस्य रहेको लेखा सुपरीवेक्षण समिति चयन भएको छ ।
निर्वाचन गराउन इन्द्रसिंह राजवंशी संयोजक तथा टंक कटुवाल र अनुजा क्षेत्री सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिका संयोजक राजवंशीले नवनिर्वाचित समितिलाई शनिवार सपथ ग्रहण गराएका छन् ।



