झापा, पुष २१ । बैंकिङ कसूरमा पटकपटक पक्राउ पर्दै आएका बिर्तामोड १ का भानुप्रसाद शिवाकोटीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।

हिजो दिउँसो बिर्तामोड – १ अतिथि सदन नजिकबाट जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त टोलीले ५६ वर्षीय भानुप्रसाद शिवाकोटीलाई उनको घरबाटै नियन्त्रणमा लिएको हो । झापा जिल्ला अदालतको २०८१ फागुन १८गतको फैसलाबमोजिम उनलाई २ वर्ष कैद सजाय तोकिएको थियो । अदालतको फैसलापछि उनी फरार रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्