झापा, पुष २२ । झापाको दमक ८ मा रहेको कञ्चनजंघा होटलबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।

हिजो दिउँसो १ बजेतिर कञ्चनजंघा होटलको कोठा नं. ८ मा लागूऔषधको कारोवार हुँदै गरेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त कोठामा खानतलासी गरेको थियो ।

त्यसक्रममा मोरङ मिक्लाजुङ ३ बस्ने बर्ष १९ की मनिका राई, दमक १ बस्ने बर्ष २६ का सुरज कुमाल र सोही ठाउँ बस्ने बर्ष ३१ का कृष्णबहादुर श्रेष्ठ लागूऔषधसहित पक्राउ परेका थिए ।

कोठामा विभिन्न दरको नगद ३३ हजार, प्लाष्टिकबाहेक ६ ग्राम ७८० मिलिग्राम ब्राउनसुगर बरामद गरी तीनै जनालाई इप्रका दमकमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्