झापा, पुष २२ । उज्यालो नेपाल पार्टीको सिंगो झापा जिल्ला समिति राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय हुने भएको छ ।

गत पुष २४ गते भएको भेलाले श्यामकृष्ण पाठक संयोजक रहेको उज्यालो नेपाल पार्टी झापा जिल्ला समिति गठन गरेको थियो । ३६ सदस्यीय जिल्ला समितिको सदस्यहरुमा प्रकाश लावती,सन्तोष साँवा ,समुल राया,अशेष थापा, पम्फा वाईबा, इन्द्रकुमार जबेगु ,सिक लिम्बू ,हिमाल खनाल , कुलबहादुर लावती, कृष्णप्रसाद महतो ,धनपति चापागाईं ,विश्वनाथ राजवंशी ,बबिन आङ्देम्बे ,शान्ता लिम्बू ,विष्णुमाया मोक्तान ,मेघराज कोइराला ,युवराज लिम्बू ,दधिराम न्यौपाने ,माया तामाङ ,पवित्रा तामाङ ,पदमबहादुर तामाङ,छन्दकुमार जबेगु ,मनोरथ तिवारी ,तेजबहादुर कन्दङ्वा, बर्त राजवंशी, प्रेमचन्द्र साँवा ,कुमार माङ्मु,कालीबहादुर खेवाङ, रुद्रबहादुर तामाङ , निशा मोक्तान , देवीध्वज योञ्जन,मेनबहादुर थिङ, रुपनारायण तामाङ,इम्बुङ ज्वाला र भरत कुसुवार रहेका छन् ।
उज्यालो नेपालको केन्द्रीय समिति रास्वपामा समाहित भएपछि जिल्ला समितिहरु मिलाइने भएको छ । रास्वपाका सभापति रवि लामिछाने र बालेन्द्र शाहबीच १३ पुषमा एकता सहमति भएको थियो । सहमतिअनुसार बालेन्द्रलाई आगामी चुनावपछि बहुमत आएको अवस्थामा प्रधानमन्त्री बनाउने र रास्वपामा नेताहरूको समायोजन गर्ने सहमति गरिएको थियो । त्यस्तै, रास्वपा र कुलमान घिसिङको उज्यालो नेपाल पार्टी (उनेपा) बीच १४ पुषमा सातबुँदे सहमतिसहित एकता भएको थियो । त्यसअघि विवेकशील साझा पार्टी मंसिर १४ मा रास्वपामा समाहित भएको थियो ।
रास्वपामा समाहित भएका बालेन शाहका नेताहरुलाई जिम्मेवारी तोकिएपनि कुलमान घिसिङ पक्षका नेताहरूलाई भने जिम्मेवारी तोकिएको छैन । केन्द्रीय समितिमा कति जना समेटिने भन्ने यकिन नभएकाले आइतबार रास्वपामा समाहित हुन नसकेको कुलमान पक्षका नेता राजु थापाले जानकारी दिए । उज्यालो नेपाल पार्टीबाट झापाका महेन्द्र थापा र अग्निमाया मेचे केन्द्रीय सदस्य छन् ।



