कनकाई,पुष २२ । पछिल्लो समय झापा र कनकाई नगरपालिका क्षेत्रमा बढ्दो लागूऔषध प्रयोगकर्तालाई घटाउन अस्थायी प्रहरी बिट दुर्गापुरले विद्यालयहरुमा सचेतना अभियानलाई तीव्रता दिएको छ ।


यसैक्रममा कनकाई नगरपालिका वडा नं.६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा लागूऔषधसम्बन्धी एकदिवसीय सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

अस्थायी प्रहरी बिट दुर्गापुरका इन्चार्ज छत्र श्रेष्ठले विद्यालयका कक्षा ८ , ९ र १० का सयजना विद्यार्थीलाई लागूऔषधको प्रयोग र यसको असर, यसबाट बच्ने तरिका, लागूऔषधबाट मानिसमा पर्ने असर, साइबर अपराध, यसको प्रकार र सजायलगायतका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा चम्पापुर माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको आतिथ्यता रहेको थियो । अस्थायी प्रहरी बिट दुर्गापुरले कनकाईका अन्य विद्यालयहरुमा समेत यस प्रकारका प्रशिक्षणहरु नियमित रुपमा गर्दै संचालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्