झापा , पुष २४ । बलिउडका चर्चित अभिनेता सञ्जय दत्त काठमाडौंमा आइपुगेका छन् ।

उनी आज बेलुकी काठमाडौं आइपुगेका छन् ।प्रभास अभिनित तेलुगु हरर–कमेडी फिल्म ‘द राजा साब’ मा सञ्जय दत्तको भूमिकालाई लिएर चर्चा सुरु भइरहेको बेला उनी नेपाल आइपुगेका हुन् ।
यो फिल्मको टिजरमा उनी दुई फरक अवतारमा प्रस्तुत भएका छन् । ‘केजिएफ २’ मा उनको अभिनयपछि साउथ फिल्ममा सञ्जयको माग बढेको थियो ।
आफ्नो समयका प्रसिद्ध अभिनेता–अभिनेत्री सुनिल दत्त र नरगिसका छोरा संजय बलिउडमा स्टाइलिस हिरो मानिन्छन् ।



