झापा, पुष २४ । शिक्षासेवी गणेशप्रसाद खनालको निधन भएको छ ।

गोमेन्द्र बहुमुखी विद्यालय , गोमेन्द्र बिर्ता मोडल इङ्लिसलगायतका शैक्षिक प्रतिष्ठानका संस्थापक,समाजसेवी तथा दानवीर खनालको ८५ वर्षको उमेरमा आज निधन भएको हो ।

लामो समय नेपाल सरकारको अधिकृतका रुपमा सेवा गरेका खनाल सेवा निवृत्त भएपछि बिर्तामोडमा बसेर शिक्षा क्षेत्रमा समर्पित भएका थिए । आमाहरु गोमादेवी र बुबा इन्द्रलालका जेठा छोरा खनालको जन्म इलामको साँखेजुङमा वि.स. १९९९ मा भएको थियो । उनकी सानीआमा सैन्यदेवी, छोराबुहारीहरु दीपक–कमला, डा. रुपक–सरु तथा उत्तम–गीता खनाल रहेका छन् । खनालको विवाह बुध भट्टराईसंग वि.सं. २०१७ सालमा भएको थियो । उनको पार्थिव शरीरको अन्त्येष्टि भोलि बिहान कनकाई माईमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्