झापा, पुष २५ । दमकको एक थुक्पा फ्याक्ट्रीमा आगलागी भएको छ ।

आज बिहान ९ः५० बजे दमक नगरपालिका वडा नं. ९ क्याम्पस मोडमा पदम भण्डारीले आफ्नै तीनतले पक्की घरको पहिलो तलामा संचालन गर्दै आएको स्वस्तिक थुक्पा फ्याक्ट्रीमा विद्युत सर्ट भई आगलागी भएको हो ।
सशस्त्र प्रहरी निरीक्षक योगेशकुमार खड्काको कमाण्ड र इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव निरीक्षक यज्ञ श्रेष्ठको कमाण्डमा ९ जना, नगर प्रहरी, स्थानीय बासिन्दा, दमक नगरपालिका, कमल गाउँपालिका, उर्लाबारी नगरपालिका, गौरादह नगरपालिकासहितको ४ वटा दमकलको संयुक्त प्रयासमा उक्त आगलागी बिहान ११ः१५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



