झापा, पुष २५ । मेचीनगरमा निर्माणाधीन फाइभस्टार होटल इस्टर्नबाट खसेर एक कामदारको मृत्यु भएको छ ।

आज साँझ ६.३० बजे मेचीनगर –१० धुलाबारीमा न्यु ईन्फ्रा हेवन कम्पनी लिमिटेडले बनाउँदै गरेको निर्माणाधीन इष्टर्न होटलको चौथो तलामा फलामको पाईप सार्ने क्रममा खसेर एक कामदारको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरी खडक नगरपालिका –१ सिसुवाबेल्ही बस्ने बर्ष अन्दाजी २१ का नरेशकुमार मण्डल रहेका छन् ।

अचानक भुइँमा खसेर शरीरको बिभिन्न भागमा चोट लागेका गम्भीर घाइते मण्डललाई मेची आम्दा अस्पताल धुलाबारी पठाएकोमा साँझ ७ बजे उपचारको क्रममा उनको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक नकुलराज गौतमको कमाण्डमा टोली खटिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्