कुमरखोद, पुष २५ ।झापा गाउँपालिकाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट सरुवा भई इलाका प्रहरी कार्यालय दमक जान लागेका प्रहरी नायव निरीक्षक किरण मोक्तानलाई एक कार्यक्रमकावीच शुक्रवार विदाई गरिएको छ ।

सोही कार्यक्रममा प्रहरी नायव निरीक्षक चुक्तबहादुर विष्टलाई स्वागत गरिएको छ । परिचयात्मक कार्यक्रममा विष्टले शान्ति सुरक्षा कायम राख्ने प्रतिवद्धता जनाएका छन् ।

इलाका प्रहरी कार्यालयको भवनमा जनप्रतिनिधि , उद्योग वाणिज्य संघ , बजार व्यवस्थापन समिति, राजनैतिक दल , समाजसेवी र स्थानीयवासीसँगको परिचयात्मक कार्यक्रममा उनले त्यस्तो प्रतिवद्धता जनाएका हुन् ।

कार्यक्रमका वक्ताहरुले झापा गाउँपालिका क्षेत्रमा शान्ति , सुरक्षा र कानून कार्यान्वयनमा विदाई भएर जान लागेका मोक्तानले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा सफल कार्यक्रमको शुभकामना व्यक्त गरेका थिए ।

व्यापारी तथा जनप्रतिनिधिले राखेको जिज्ञासाको जवाफ दिदै प्रहरी नायव निरीक्षक विष्टले खुल्ला सिमानाको कारण चोरी तस्करी , लागूऔषध नियन्त्रण गर्न सवैभन्दा ठुलो चुनौती भएको भन्दै प्रहरी एक्लैले सो कार्यको समाधान गर्न नसक्ने भएकोले सवैलाई साथ–सहयोग दिन अनुरोध गरेका थिए ।

कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष राजकुमार यादव , वडा नं २ का वडा अध्यक्ष हिमालकुमार चम्लागाई , जिल्ला समन्वय समितिका सदस्य जलाल अली , झापा गाउँपालिका उद्योग वाणिज्य संघका अध्यक्ष ठोमनाथ नेपाल , वरिष्ठ उपाध्यक्ष मनोजकुमार गणेश , वजार व्यवस्थापन समितिका अध्यक्ष बरतलाल राजवंशी , सचिव मनोजकुमार राजवंशी , कोषाध्यक्ष विष्णुकुमार गणेश , टाँघनडुब्बा सशस्त्र विओपीका प्रमुख प्रेमवहादुर तामाङ , कुमरखोद रेडक्रस सभापति पशुपतिलाल गणेश, पूर्व वडाध्यक्षहरु नेत्रवहादुर खड्का ,राजु भारती , नेकपा ( विप्लव ) प्रदेश सदस्य चमनलाल माझीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्