झापा, पुष २६ । ठूलो परिमाणमा लागूऔषधसहित भद्रपुरका दुई युवा बिर्तामोडमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भद्रपुर वडा नं. १ पाण्डे चोक बस्ने बर्ष २५ का निरोज लिम्बू र वडा न.२ पृथ्वीनगर बस्ने बर्ष २६ का सागर प्रधान रहेका छन् ।

हिजो साँझ ७;४० बजे बिर्तामोड वडा न. ४ मुनाल टोलमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी निरीक्षक प्रविण श्रेष्ठ र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले लिम्बू र प्रधानलाई प्लास्टिकसहित ४६ ग्राम, प्लास्टिकबाहेक ४१ ग्राम, ५८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

लागूऔषधसंगै स्क्रिन टच मोवाइल थान २, किप्याडवाला मोवाइल थान १ र प्र.१–०१–०१५ प ३४२७ नम्बरको स्कुटरसहित उनीहरुलाई पक्राउ गरी इप्रका बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्