झापा, पुष २६ । मेचीनगरमा बिग्रिएर राखिएको बसभित्र एकजना मानिस मृत फेला परेका छन् ।

आज बिहान ७ः१५ बजे मेचीनगर ७ प्यारीभिट्टा बसपार्कमा बस्दै आएका मागी खाइहिड्ने वर्ष अन्दाजी ४० का तम्बु भन्ने वतन थर नखुलेको पुरुष पुरानो बिग्रिएर राखिएको को १ ख ७८३९ नम्बरको बसभित्र मृत फेला परेका हुन् ।
उनी सुतिरहेको अबस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटिएर अनुसन्धान तथा कानुनी प्रकृया भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



