झापा, पुष २७ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन्।भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा यसपटक फरक दृश्य देखिएको छ।
मर्यादाक्रमअनुसार फरक–फरक आसन राख्ने परम्परा बदल्दै मञ्चमा नेताहरू लहरै बसेका छन्।उद्घाटनका लागि पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ल्याउन बिहानदेखि विशेष महाधिवेशन पक्षधरले कसरत गरेका थिए ।



