झापा, पुष २७ । उत्कृष्ट विद्यार्थी , उत्कृष्ट शिक्षक र दातालाई सम्मान गर्दै महेन्द्र रत्न माध्यमिक विद्यालय बिर्तामोड ३ बिर्ताबजारले ६८ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएको छ ।

विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेको कार्यक्रममा विभिन्न अक्षय कोषबाट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । डाक्टर लक्ष्मीप्रसाद मैनालीद्वारा आफ्ना अग्रजको स्मृतिमा स्थापित रामप्रसाद मैनाली (गाउँ बुढा), विश्वेश्वरा , खेम स्मृति पुरस्कारबाट कक्षा८ मा ४ जिपिए ल्याउने पुज्यता सुवेदी , ३.९७ जिपिए ल्याउने आरुसी प्रसाई र ३.९४ जिपिए ल्याउने प्रतिष्ठा पौडेललाई पुरस्कृत गरिएको छ । त्यस्तै सुरेश पाठक स्मृति पुरस्कारबाट एसइइमा ४ जिपिए ल्याउने विद्या भट्टराई ,कक्षा १२ मा ३.७४ जिपिए ल्याउने आयुस पौडेललाई पुरस्कृत गरिएको छ । त्यस्तै वर्ष उत्कृष्ट खेलाडीमा छात्रा भूमिका कालिकोटे र छात्र आयुस शिवाकोटीलाई पुरस्कृत गरिएको छ ।
त्यस्तै उत्कृष्ट शिक्षकको रुपमा मावितर्फ तुलसीराम खरेल , निमावितर्फ पुष्पलाल आचार्य , आधारभूत तहतर्फ सन्तोष पोखरेल र उमाकुमारी राजवंशी तथा बाल शिक्षक गीता काफ्लेलाई पुरस्कृत गरिएको छ । त्यस्तै दीर्घसेवी सम्मान शिक्षक शान्ता चुडाललाई प्रदान गरिएको छ । सोही अवसरमा बिदाई हुने तुलसा सिटौलालाई पनि सम्मान गरिएको थियो ।

त्यस्तै महेन्द्र रत्न तारा सिजन ३ का विजेता सन्दीप गुरुङ , फस्ट रनरअप किस्मत रिजाल र सेकेन्ड रनरअप गौरव मालेलाई पुरस्कृत गरिएको छ । त्यस्तै अक्षयकोष दाता,प्रवेशद्वार निर्माण ,चिसो खानेपानी आउने फिल्टर जडान गर्नेलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सभामुख घिमिरे , बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई , शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख कुमार बस्नेत , नेपाल बक्सिङ संघका भोजराज सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कोशी प्रदेशका पूर्व मन्त्री एकराज कार्की , नगर उपप्रमुख नगेन्द्र संग्रौला , वडाध्यक्ष मदन बुढाथोकीलगायतको उपस्थिति रहेको थियो । प्रधानाध्यापक खड्गप्रसाद खरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा सहायक प्रधानाध्यापक केशव प्रसाईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षकहरु तुलसीराम खरेल र भोजराज दाहालले गरेका थिए ।



