झापा, पुष २८ । झापाको कमल गाउँपालिका– ५सशस्त्र बेस क्याम्पस्थित पूर्वपश्चिम लोकमार्गमा गुडिरहेको ट्रकमा अचानक आगो लागेको छ ।

हिजो साँझ ६.२० बजे बिरगन्जबाट बिर्तामोडतर्फ आउँदै गरेको ना.८ख.३५५४नम्बरको फर्निचरको सामान १८वटा टिनको दराज बोकेको ट्रकमा अचानक आगलागी भएको हो । ट्रकको बिच भागबाट अचानक आगो सल्किएको थियो ।

ट्रकमा धेरै क्षति नभएपनि ट्रकभित्र राखेको १८वटा दराजको कलर जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय दमकको ४जनाको टोली ,सशस्त्र बेश क्याम्प पाडाजुँगीबाट २०जनाको टोली र कमल गाउँपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्