झापा, पुष ३० । झापाको बिर्तामोड– १० विराटपोखरमा सासुलाई कुटपिट गर्ने ज्वाइँ पक्राउ परेका छन् ।

हिजो साँझ ७.३० बजे बिर्तामोड– १०पश्चिम बिराटपोखर बस्ने ५३ वर्षीया हिमकला पौडेललाई उनका ज्वाइँ ललितपुर महाकाल गाउँपालिका २ घर भएका ३० वर्षीय ज्ञानेन्द्र बजगाईंले कुटपिट गरेका हुन् । बजगाई बिगत दुई बर्षदेखि ससुरालीमा बस्दै आएका छन् । सामान्य घरायसी विवाद भई कुटपिट गर्दा सासु हिमकलाको नाकमा चोट लागेको छ । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ ।कुटपिट गर्ने बजगाईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
त्यस्तै जग्गासम्बन्धी विवादमा कुटपिट गर्ने अर्जुनधारा वडा नं.९बस्ने ३०वर्षीय डिल्लीराम बास्कोटालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ बास्कोटाले विर्तामोड वडानं.४बस्ने ५० वर्षीय शिवप्रसाद पाठकलाई कुटपिट गरेका थिए । बास्कोटालाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको छ ।



