झापा, माघ १ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बूलाई मातृशोक परेको छ ।

प्रहरी उपरीक्षक लिम्बूकी आमा सुनसरी बराहक्षेत्र नगरपालिका ९ राजाबासमा बस्ने विष्णुमाया लिम्बूको गएराति ८.१० बजे ९२ वर्षको उमेरमा निधन भएको हो । उनी केही समयदेखि अस्वस्थ्य रहेकी थिइन् ।

प्रहरी उपरीक्षक लिम्बू तीनजना दिदी र ६ जना दाजुभाइमध्ये अन्तरे हुन् । लिम्बूका पिता लालबहादुर लिम्बूको निकै वर्षअघि स्वर्गारोहण भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्