झापा, माघ १ । झापा बिर्तामोड– १० समावेशी टोलस्थित भुतेनी खोलाको बाँधमा डुबेर एकजनाको मृत्यु भएको छ ।

तत्काल नामथर वतन नखुलेको अन्दाजी बर्ष ५० का पुरुषको पानीमा डुबेर मृत्यु भएको हो । मृत अबस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक रुपेश राईको कमाण्डमा टोली गएको थियो ।मृतकको पहिचान तथा आफन्तको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्