झापा, माघ ४ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका तर्फबाट झापा ५ मा उम्मेदवार बनेका समीर तामाङले धरानदेखि दमकसम्म पैदलयात्रा अभियान शुरु गरेका छन् ।

श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्यसमेत रहेका तामाङले आज बिहान ९.४० बजेदेखि धरान १८ स्थित ग्रीन टी गेटबाट दमकसम्मको पैदलयात्रा थालेका हुन् । पैदलयात्रामा तामाङसंगै करिव ४० जना कार्यकर्ता सहभागी छन् । ‘शक्ति प्रतिशोधको राजनीतिको अन्त्य गरौं ’भन्ने मूल नारासहित उनले धरानदेखि दमकसम्म खाली खुट्टा पैदलयात्रा अभियान सुरु गरेको श्रम संस्कृति पार्टीले जनाएको छ ।



