झापा, माघ ४ । सुनसरीको धरानमा भएको बस दुर्घटनामा मृत्यु हुने पाँचैजनाको पहिचान खुलेको छ ।

आज दिउँसो ४.१० बजे धरान १३ जिरोप्वाइन्टस्थित कोशी राजमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको टाइम्स इन्टरनेशनल एकेडेमी स्कुल जनकपुरको बस अनियन्त्रित भई श्रीकृष्ण प्रणामी मन्दिरको सटरमा संचालनमा रहेको न्यू सभा मेडिकलमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एकजनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । १२ जना घाइतेहरुको वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

मृत्यु हुनेहरुमा जनकपुर १ बस्ने रोहितकुमार मण्डलका छोरा १८ महिनाका रिसबकुमार मण्डल ,महोतरी गैडादेवपुर ८ बस्ने वर्ष ३१ का धैरियाकुमार यादव (स्कुल संचालक) , बराहक्षेत्र ३ बस्ने वर्ष २० का ओमेश राई ,झापा मेचीनगर बस्ने वर्ष १९ का नयन थापा मगर र धरान १३ बस्ने वर्ष २४ की शुभेच्छा सुब्बा रहेका छन् ।

घाइते हुनेहरुमा जनकपुर १२ बस्ने वर्ष २५ की रिना मण्डल , धनुषा धनौजी गाउँपालिका २ वस्ने वर्ष ३८ का जितेन्द्र मण्डल ,महोतरी मठ्ठीपानी गाउँपालिका ४ वस्ने वर्ष २५ का महमत मुलाल , जनकपुर १ वस्ने वर्ष ४० की सुनेनादेवी मण्डल , जनकपुर ५ वस्ने वर्ष २३ की लक्ष्मी मण्डल , जनकपुर ५वस्ने वर्ष १८ का राजा बाबु , जनकपुर ४ वस्ने वर्ष ४० की मनितादेवी मण्डल , जनकपुर ४ वस्ने वर्ष ३० की पुनिता मण्डल , जनकपुर ५ वस्ने वर्ष २० का कृष्ण मण्डल ,धरान १३ बस्ने वर्ष ४३ की यशोदा श्रेष्ठ , जनकपुर २५ बस्ने वर्ष २४ का रोहित मण्डल र जनकपुर १ बस्ने वर्ष २४ का रोहन मण्डल रहेका छन् ।

बसले ठक्कर दिँदा न्यू सभा मेडिकलको अन्दाजी १३ हजार बराबरको क्षति भएको जनाइएको छ । एउटा स्कुटर पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्