झापा, माघ ५ । गृह मन्त्रालयले ४८ जना प्रहरी उपरीक्षक( एसपी) को सरुवा गरेको छ ।

यसक्रममा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एसपी राजन लिम्बूको पनि सरुवा भएको छ । उनको मानव बेचबिखन अनुसन्धान व्यूरो अनुसन्धान व्यवस्थापन शाखा काठमाण्डौंमा सरुवा भएको हो ।
लिम्बूको ठाउँमा बाग्मती प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा हेटौडाबाट बसुन्धरा खड्का आउने भएकी छन् ।



