झापा, माघ ५ । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राजनीतिक दलबाट पेस भएका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको हो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिक तर्फबाट ११० जना र प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुन्छन् ।११० सिटका लागि ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवारको नाम पेस भएको निर्वाचन आयोगले जनाएको छ ।
बन्दसूचीमा नेकपा एमालेका तर्फबाट झापाका अनिता कन्दङ्वा , विद्यानन्द सिंह राजवंशी , नर्वदादेवी शिवाकोटी , लता प्रसाई , नीता घतानी र जितबहादुर दर्जी गौतम परेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका तर्फबाट सुशीला ढकाल आचार्य , रिना उप्रेती , उमा शिवाकोटी र राधा कार्कीलाई समेटिएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मनोज राजवंशी , टीका संग्रौला , अनिता नेपाली परेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट विष्णुप्रसाद खनाल र हिराकुमारी राजवंशीको नाम समेटिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट धर्मराज माझी , भरिपूर्ण राई , रुपदल विश्वकर्मा , सूर्यनारायण गणेश र संगीतादेवी रौनियार नाम समेटिँदा श्रम संस्कृति पार्टीबाट समिता राई , जितेन राई , पवनलाल मेचे र मेघराज दुलाल परेका छन् ।



