झापा, माघ ५ । आगामी निर्वाचनका लागि नेपाली कांग्रेसले झापाका उम्मेदवारको लगभग टुंगो लगाएको छ ।

झापा क्षेत्र नं १ बाट केशव पाण्डे , २ बाट सरिता प्रसाई , ३ बाट नविन बिमली र राजेन्द्र घिमिरेमध्ये एक , ४ बाट देउकुमार थेबे र ५ बाट अइन्द्रविक्रम नेम्बाङको नाम टुंगो लागेको पार्टीका एकजना केन्द्रीय सदस्यले बताए । उनका अनुसार उम्मेद्वारहरुको नामावलीको मस्यौदा तयार गरी आज साँझसम्म फाइनल हुनेछ ।



