झापा, माघ ६ । मोरङको निमुवामा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।


कोशी राजमार्गअन्तर्गत मोरङको बुढीगंगास्थित नेमुवामा हिजो साँझ करिब ७ः३० बजे भएको सवारी दुर्घटनामा दुई जना जेसीजकर्मीको मृत्यु भएको हो । कोशीमा पिकनिक सकेर घर फर्किने क्रममा दुहवी जेसीजका सन् २०१८ का अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष कञ्चन झा र सन् २०२४ का अध्यक्ष प्रकाश शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पिकनिकबाट फर्किएका उनीहरू घर ननिस्की विराटनगर जेसीजको पद हस्तान्तरण कार्यक्रममा विराटनगर जाँदै थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्