झापा, माघ ६ । उम्मेदवारी दर्ताका दिन देखिएको हजारौ समर्थकहरुको उपस्थितिले झापा क्षेत्र नं ५ मा चुनाव जित्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह उत्साहित भएका छन् ।

त्यति धेरैको जनसमर्थन पाएका बालेनको जित निश्चितजस्तै भएको छ । गोर्खा डिपार्टमेन्ट स्टोरबाट शुरु भएको र्याली दमक ८ स्थित कृषि भवनमा रहेको निर्वाचन कार्यालयसम्म पुगेको थियो । बालेनले ५ नं निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृत विदुरकुमार कार्कीले बालेनको उम्मेदवारी दर्ता गरेका हुन् ।

बालेनको पक्षमा देखिएको जनउभार देखेर प्रतिष्पर्धी नेकपा एमालेका अध्यक्ष केपी ओलीको सातो गएको हुनसक्ने सामाजिक संजाल प्रयोगकर्ताहरुले टिप्पणी गरेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमार्फत राष्ट्रिय राजनीतिमा पाइला अघि बढाएका बालेन जता गए त्यतै भीड देखिने गरेको छ ।


