झापा, माघ ६ । हिजो साँझ पोखराबाट पक्राउ परेका बीएण्डसी अस्पतालका संचालक एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।

उनलाई २४ घण्टा नबित्दै रिहा गरिएको नागरिक बचाउ दलका अध्यक्ष माधव कल्पितले जानकारी दिए । निर्वाचन आयोगको विश्वसनीयतामाथि आँच आउने गरी भ्रामक प्रचार गरेको आरोपमा प्रसाईं पोखरामा पक्राउ परेका थिए ।

उनलाई पोखरा विमानस्थल नजिकैबाट कास्की प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर निर्वाचन नतिजा आफ्नो पक्षमा पारेको भन्दै एक भिडियो सार्वजनिक गरेका थिए । उनलाई पक्राउ गरी काठमाण्डौ लगिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्