झापा, माघ ७ । झापा ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले पार्टीका अर्का उम्मेदवार निवर्तमान उपसभामुख इन्दिरा राना मगरसंग भेट गरेका छन् ।

हिजो दमकमा उम्मेदवारी दर्ता गरेपछि साँझ बिर्तामोड आएका बालेनले आज बिहान झापा क्षेत्र नं २ का उम्मेदवार राना मगरसंग भेट गरी निर्वाचनका विषयमा छलफल गरेका हुन् । उम्मेदवार राना मगरलाई सहयोग गर्नका लागि बालेनसहितको टीम आएको एकजना सहयोगीले बताएका छन् ।
बालेनले निर्वाचनको माहौल बनाउन झापाका पार्टी कार्यकर्ताहरुसंगै आफ्ना शुभचिन्तकहरुसंगको भेटघाटलाई तीब्रता दिएका छन् । पेशाले इन्जिनियर रहेका बालेनलाई झापाका इन्जिनियरहरुले सघाउने जनाइएको छ । उनी हिजो आएर बिर्तामोड १ स्थित निश्चल बस्नेतको घरमा बसेका थिए । आज बिहान उनी दमकतर्फ लागेका छन् ।



