झापा, माघ ७ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ दमकको लगभग सिंगो टीम नै बालेन शाहसंग गएपछि झापा ५ का उम्मेदवार एमाले अध्यक्ष केपी ओलीले नयाँ कमिटी गठन गरेका छन् ।

आज बिहान राष्ट्रिय युवा संघ दमकका अध्यक्ष छवि खतिवडा , उपाध्यक्ष विजय तामाङ , सचिव कमल गैरेसहित लगभग सिंगो टीम नै संगठन परित्याग रास्वपाका उम्मेदवार बालेनसंग गएको हो ।
त्यस्तै आजै नेपाली कांग्रेस कमलका सचिव महेन्द्र बुढाथोकी पनि पार्टी परित्याग गरी बालेनलाई सघाउने गरी रास्वपामा प्रवेश गरेका छन् ।नेपाली कांग्रेसको दमक नगर सभापति पद त्यागेर रास्वपामा गएका प्रकाश प्रसाईले कांग्रेस र एमालेका अन्य थुपैजना बालेनलाई सहयोग गर्न आउन लागेको बताए ।
निर्वाचनका बेला युवा संघको नगर कमिटी रितिएपछि पार्टी अध्यक्ष ओलीले नयाँ कमिटी गठन गरेका हुन् । दमक युवा संघ दमकका पदाधिकारीले राजीनामा दिएको केही समयमै दमकका युवा सुदिप फागोको अध्यक्षतामा युवा संघले नयाँ कमिटी घोषणा गरेको हो ।



