बिर्तामोड, माघ ७ । बीएण्डसी अस्पतालले अत्याधुनिक उपकरणसहितको ‘डर्मटोलोजी’ सेवा सञ्चालनमा ल्याएको छ ।

बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालले पूर्वमै पहिलोपटक अत्याधुनिक छालासम्बन्धी समस्या समाधान गर्ने सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
अस्पतालले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी छाला, कपाल, नङ र म्यूकोसल डिसअर्डस्लगायतका रोगहरु उपचार र रोकथाम गर्ने सेवा अत्याधुनिक उपकरणसहित सुचारु गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
उक्त सेवा बिगत ६ महिनादेखि शुरु गरिएको भएपनि अत्याधुनिक उपकरणका साथमा एक महिना अघिदेखि सेवा दिँदै आएको गिरीले बताए । गिरीका अनुसार उक्त सेवा बिमाबाट पनि गर्न सकिनेछ । हाल हस्पिटलमा दैनिक रुपमा सयजना वढीलाई सो सेवा दिइरहेको गिरीको भनाई छ । ‘डर्मटोलोजी’ सेवा बीएण्डसी अस्पतालले छुट्टै भवनबाट दिइरहेको छ । सो सेवा डा. अनिल तिम्सिनासहितको टोलीले दिने गरेको बताइएको छ ।



