झापा, माघ ८ । इलामको पानीटारमा आज बिहान अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

विहान करिब ४ः३० बजे देउमाई –३, पानीटार चियाबारी नजिकैको सडकमा प्रदेश १–०१–००१ ह ९७८२ नम्बरको अटो दुर्घटना हुँदा उक्त अटो चालक देउमाई – ५, धुसेनीका वर्ष १८ का युनिश लुईटेलको मृत्यु भएको हो । देउमाईको जितपुरबाट मंगलबारेतर्फ जाँदै गरेको अटो स्थानीयहरुले दुर्घटना भएको अवस्थामा फेला पारेका थिए ।
गम्भीर घाइते रहेका अटो चालक लुईटेललाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा पुर्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।



