झापा, माघ ८ । नेपाल प्रहरीको साइबर ब्यूरोले झापा क्षेत्र नं २ मा राप्रपाबाट उम्मेदवारी दिएका स्वागत नेपाललाई सोधपुछका लागि बोलाएको छ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीका उम्मेदवार नेपाललाई सोधुपछका लागि साइबर ब्यूरोले बोलाएको पुष्टि गरेका छन्।
नेपाल यतिबेला चुनावको प्रचारप्रसारका लागि झापामै छन्। साइबर ब्यूरोले केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले अधिवक्ता नेपाललाई बोलाएको जनाएको छ। चुनाव प्रचारप्रसारको क्रममा रहेका पार्टीका नेतालाई अनावश्यक दुःख दिन खोजेको र चुनावी अभियानलाई प्रभावित पार्ने षडयन्त्र भएको हुनसक्ने प्रवक्ता श्रेष्ठले बताए। उनले बोलेकै आधारमा सरकारी संयन्त्रले निरुत्साहित तुल्याउने प्रपञ्च गरेको भन्दै आपत्ति समेत जनाएका छन्।
नेपालले केही समयअघि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए।



