झापा,माघ ९ । बजारका पसलमा भन्दा विभिन्न ब्राण्डका स्तरीय जुत्ताहरु ग्राहकलाई सस्तो मूल्यमा बिक्री गर्ने उद्धेश्यले यस वर्ष पनि बिर्तामोडको सिटी सेन्टरमा जुत्ता मेला शुरु भएको छ ।


ग्राहकहरुको मागलाई ध्यान दिँदै तेस्रो वर्ष सिटी सेन्टरको संयोजनमा जुत्ता मेला आयोजना गरिएको हो । माघ ७ देखि शुरु भएको मेला फागुन १७ गतेसम्म चल्ने छ ।

आज एक कार्यक्रमका बीच बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ सदस्य निर्मल भट्टराई र बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईले औपचारिकरुपमा सो जुत्ता मेलाको उद्घाटन गरे । उनीहरुले स्वदेशी उत्पादनलाई टेवा पुर्‍याउन स्वदेशी कम्पनीको जुत्ता खरिद गरी प्रयोग गर्न आग्रह गरे ।

मेलामा गोल्डस्टार , फस्ट वाकलगायतका स्वदेशी कम्पनी तथा चाइनिज र इन्डियन कम्पनीका समेत जुत्ता उपलव्ध रहेको संचालक सुमन नेपालीले बताए । उनले भारी छुटमा जुत्ता उपलव्ध गराइएको जानकारी दिए ।

जुत्ता मेलामा ग्राहकहरुको भीड देखिएको छ । ग्राहकहरुको माग र आवश्यकता अनुसार सिटी सेन्टरमा हरेक वर्ष जुत्ता मेला संचालन गर्दै आएको सिटी सेन्टरका संचालक दिपेन्द्र राउतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्