झापा, माघ १० । रुखबाट लडेर झापा गाउँपालिकामा एकजनाको मृत्यु भएको छ ।

हिजो बिहान १०;३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने ४५ वर्षीय तुलाराम राई सोही ठाउँमा रहेको रानी वनमा रुखमा चढी बाख्राको लागि घाँस काट्ने क्रममा अचानक रुखबाट लडेर घाइते भएका थिए ।

उनलाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोड ल्याई उपचार गराउने क्रममा दिउँसो १२.२० बजे मृत्यु भएको हो । सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्