झापा, माघ १० । बचत तथा ऋण सहकारी संघ लि. झापाको अध्यक्षमा युवराज गिरी निर्वाचित भएका छन्।

नेतृत्व चयनका लागि आज भएको निर्वाचनबाट सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीलाई पराजित गर्दै पतालगंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गिरी निर्वाचित भएका हुन् । गिरीले ६३ र ओलीले ४८ मत पाएका थिए। अन्य पद भने सर्वसम्मत भएको थियो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा यामकुमार चुडाल, महिला उपाध्यक्षमा शुसिला रिजाल, सचिवमा विनोद ढकाल निर्वाचित भएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्