झापा, माघ १२ । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

उदयपुरको वेलका नगरपालिका–८ स्थित प्रकाश काफ्ले आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत यादव र विद्यालयका प्रधानाध्यापक प्रमिला थापाले बैंकको यस कार्यप्रति धन्यवाद दिँदै खुसी व्यक्त गरेका थिए ।
यस कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय बासिन्दा, तथा समाजसेवीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
न्यानो कपडा वितरण कार्यक्रमसँगै बैंकले अन्य थुप्रै सामाजिक उत्तरदायित्व कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ। बैंकले शिक्षा, स्वास्थ्य, तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।
प्रादेशिक विकास बैंकको रुपमा झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी, पॉचथर, उदयपुर, संखुवासभा र धनकुटा जिल्लाका विभिन्न ४७ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरु साथै तीनवटा एटीएममार्फत ग्राहकहरु समक्ष बैंकि¨ सेवा प्रदान गरिरहेको छ । साथै बैंकले आफ्नो सेवा विस्तार गर्दै कोशी प्रदेश कार्यक्षेत्र भित्रका अन्य जिल्लाहरुमा समेत थप नयाँ शाखाहरु स्थापना गर्ने लक्ष्य लिएको छ ।



