झापा, माघ १३ । झापाको मेचीनगर १० धुलावारीमा चोरीमा संलग्न एक दम्पती पक्राउ परेका छन् ।

हिजो दिउँसो २ बजे मेचीनगर वडा न. १० निन्दा पुलबाट बिर्तामोड –१ बस्ने २७ वर्षीय मकबुल अन्सारी र उनकी श्रीमती २३ वर्षीया सबिना खातुनलाई चोरी गरेको नेपाल टेलिकमको तारसहित पक्राउ गरिएको हो ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएर चेकजाँच गर्दा उनीहरुको साथबाट अन्दाजी एक लाख मूल्य बराबरको नेपाल टेलिकमको २ बोरा तार , एउटा तार कटर र एउटा ग्लेण्डर मेसिन फेला परेको थियो । उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उक्त तार बिर्तामोड क्षेत्रबाट चोरी भएको भन्ने बुझिएको छ ।




