झापा, माघ १४ । राजवंशी समाज विकास समिति बिर्तामोड ४ को नयाँ कार्यसमिति गठन भएको छ ।

राजवंशी समाज विकास समिति बिर्तामोड ४ को आज भएको तेस्रो वडा अधिवेशनले पवन राजवंशीको अध्यक्षतामा १७ सदस्यीय वडा समिति सर्वसम्मत गठन गरेको हो ।

जसको उपाध्यक्षहरुमा पूर्णिमा राजवंशी र तेजनारायण राजवंशी , सचिव हरिहर राजवंशी , सहसचिव विशिका राजवंशी र कोषाध्यक्षमा रमा राजवंशी चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा प्रेमा राजवंशी , शारदा राजवंशी , रत्ना राजवंशी , हेमलाल राजवंशी , दिपा राजवंशी( कल्पना) , धनसिंह राजवंशी, धनचन्द्र राजवंशी , चन्द्र राजवंशी , रुद्र राजवंशी , दिपा राजवंशी र चनसिंह राजवंशी रहेका छन् ।

वडा समिति अध्यक्ष सोहनलाल राजवंशीको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सचिव लखनलाल राजवंशी रहेका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य अमृत राजवंशी , बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य जगतबन्धु राजवंशी , राजवंशी समाज विकास समितिका बिर्तामोड नगर अध्यक्ष सुमन राजवंशी , राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , सचिव झलकसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्