झापा, माघ १६ । पूर्व जनप्रतिनिधि तथा समाजसेवी नारायण पोखरेलको आज बिहान निधन भएको छ ।

तत्कालीन गोलधाप गाउँ विकास समितिका पूर्व अध्यक्ष पोखरेलको बिहान ७.१५ बजे ६७ वर्षको उमेरमा बिर्तामोड ४ स्थित आफ्‌नै निवासमा निधन भएको हो । राजनीतिसंगै उनी सामाजिक र व्यवसायिक क्षेत्रमा क्रियाशील रहेका थिए । नेकपा एमालेका क्षेत्रीय अध्यक्ष रहेका पोखरेल तारा नमस्ते बालग्रामको अध्यक्ष रहेका थिए । त्यस्तै झापा इनर्जी , सहारा नेपाल , मनमोहन हस्पिटल , इजलास दैनिकलगायतका संघ संस्थामा उनी आवद्ध रहेका थिए ।

उनका श्रीमती , दुई छोरा र चार छोरी रहेका छन् । पोखरेलको आज विहान ११ बजे कन्काई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्