कनकाई, माघ १६ । झापा निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेवेको विजय सुनिश्चित गर्ने उद्देश्यले क्षेत्रीय भेलाबाट विभिन्न समिति गठन गरिएको छ ।

क्षेत्रीय सभापति जयनारायण साहको संयोजकत्वमा ५ हजार ५५५ मूल प्रचार–प्रसार समिति गठन गरिएको छ । साथै, अनुशासन, अनुगमन तथा निर्देशन समिति पनि साहकै संयोजकत्वमा गठन गरिएको छ । उक्त समितिमा झापा ४ का प्रदेश सभापति, नगर सभापति तथा क्षेत्रीय सचिव सदस्यको रूपमा रहने व्यवस्था गरिएको छ ।
यसैगरी, प्रचार–प्रसार सुपरिवेक्षण समिति पार्टीका महासमिति सदस्य भक्तिप्रसाद सिटौलाको संयोजकत्वमा गठन गरिएको छ । सो समितिमा झापा ४ का महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरू र पार्टीका जिल्ला पदाधिकारीहरु रहेने निर्णय गरिएको पार्टीका क्षेत्रीय सभापति शाहले बताएका छन् ।
किसान परिचालन समिति संघका नेता रतन थिङ्लाबोको संयोजकत्वमा गठन गरिएको छ । समितिका सदस्यहरूमा जीतबहादुर खड्का, अर्जुन राई, नारायणप्रसाद दाहाल र अमृतबहादुर कटुवाल रहेका छन् ।
निर्वाचनलाई थप प्रभावकारी बनाउन तथा क्षेत्र नं. ४ का समस्याहरू पहिचान गरी समाधानका उपाय तय गर्ने उद्देश्यले घोषणापत्र लेखन समिति गठन गरिएको छ ।
समितिको संयोजकमा कांग्रेसका अग्रज नेता ज्ञानेन्द्रबहादुर न्यौपाने, सह–संयोजकमा नारायणप्रसाद बजगाईं रहेका छन् । सदस्यहरूमा दीपक गिरी, पदम रिमाल, पदमबहादुर थापा, शिव कँडेल, एलपी उप्रेती, मिलन ढुंगाना, दिनेश राजबंशी, कुमारमणी पोख्रेल, नेत्र पौडेल र कृष्णकला कोइराला लगायत रहेका छन् ।
निर्वाचन क्षेत्रका जनप्रतिनिधि परिचालन समिति कनकाई नगरपालिकाका उपप्रमुख आशा शिवाकोटीको संयोजकत्वमा गठन गरिएको छ । सदस्यहरूमा झापा गाउँपालिकाकी उपाध्यक्ष अञ्जु थपलिया, क्षेत्र नं. ४ का सम्पूर्ण निर्वाचित वडा अध्यक्षहरू तथा सदस्य सचिवमा सचिव मनोज खुलाल रहेका छन् ।
त्यसैगरी, सामाजिक सञ्जाल, सूचना तथा सञ्चार (आईटी) समिति कांग्रेस नेता तथा महाधिवेशन प्रतिनिधि पर्शुराम ढुंगानाको संयोजकत्वमा गठन गरिएको छ । सदस्यहरूमा मनोज बस्नेत र जगन कार्की रहेका छन् ।
तरुण तथा युवा परिचालन समिति तरुण दलका केन्द्रीय सदस्यद्वय नेत्र पौडेल र राजेन्द्र उप्रेतीको संयोजन रहने गरि समिति गठन गरिएको छ ।
यसैगरी, विद्यार्थी तथा स्ववियू परिचालन समितिमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भुवन बुढाथोकीको संयोजकत्वमा समिति गठन गरिएको छ । सदस्यहरूमा नेविसंघ केन्द्रीय सदस्य सौरभ सिटौला, दमक बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन बस्नेत र कनकाई बहुमुखी क्याम्पसका स्ववियु सभापति बासुदेव निरौला चयन भएका छन् ।
यस्तै महिला परिचालन समितिमा नेपाल महिला संघ झापा ४ की क्षेत्रीय सभापति पुष्पा प्रसाईँको संयोजकत्वमा नेपाल महिला संघ जिल्ला समिति सदस्य सीता बाँस्कोटा तथा कनकाई नगरकी महिला संघकी सभापति रेणुका मैनाली सो समितिमा रहेका छन् ।
आदिवासी जनजाति परिचालन समितिको संयोजकमा अम्मरसिंह आङदम्बे चयन भएका छन् । सो समितिको सदस्यहरूमा धनबहादुर राई, नरेन्द्र आङ्दम्बे, अग्नि राई, अधिकचन ताजपुरिया , राजेश श्रेष्ठ , सुन्दर बेस्रा, बाबुलाल मर्डीलगायत रहेका छन् ।
त्यसैगरी, बुद्धिजीवी अगुवा परिचालन समन्वय समिति गठन गरिएको छ । सो समितिको संयोजकमा उमानाथ दाहाल तथा सदस्यहरुमा जगन्नाथ राजवंशी, युवराज उप्रेती, देवी राजवंशी, प्रेमप्रसाद चुडाल, अमुतवहादुर कार्की र दीपक न्यौपाने रहेको नेपाली कांग्रेस चुनाव परिचालन समितिले जनाएको छ ।



